मध्यपुर थिमि नगरका अव्यस्थित तार हटाउन शुरु

भक्तपुर, चैत्र २३
मध्यपुर थिमि नगरका अव्यस्थित तार हटाउन शुरु गरिएको छ । मध्यपुर थिमिमा मनाईने प्रसिद्ध बिस्काः जात्रालाई मध्यनजर राख्दै नगरका अव्यस्थित तार हटाउन शुरु गरिएको हो । बिस्काः जात्रालाई व्यवस्थित तरिकाले भव्य र सभ्य बनाउन नगरपालिकाले गत चैत्र २१ आयोजित बैठकको निर्णय अनुसार अव्यवस्थित तार हटाउन शुरु गरिएको हो ।


मध्यपुर थिमिको बिस्काः जात्रा आप्mनै मौलिक स्वरुपको छ । यहाँको जात्रामा देवीदेवताका खटलाई बोकेर नगर परिक्रमा गरिन्छ । खटमाथि छत्र घुमाउने गरिन्छ । अव्यवस्थित तारका कारण छत्रमा क्षती हुने गरेकाले जात्रासँग सरोकार राख्ने गुठी, खलः, पुचःले नगरका अव्यवस्थित तार हटाउनुपर्ने माग गर्दै आएका थिए । विगतका वर्ष तार व्यवस्थित नहुँदा जात्रा सञ्चालनमा समेत बाधा पुगेको थियो ।


जात्रा सञ्चालनमा सहज बनाउन तार हटाउन शुरु गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । तार हटाउनका लागि नगरपालिकाको संयोजनमा विभिन्न केवुल, इन्टरनेट र दुरसञ्चार प्रदायक कम्पनी, विद्युत प्राधिकरणसहितको टोली गठन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सोही टोलीले जात्रा हुने वडाका वडा कार्यालयसँगको समन्वयमा अव्यस्थित तार हटाउन शुरु गरिएको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरको स्वच्छन्दता कायम राख्न पनि अव्यवस्थित तार हटाउन शुरु गरिएको बताउनुभयो ।