माझखण्ड बुध्द विहारमा सतकुलपुत्त प्रव्रज्या शुरू

बुध्द जन्मभूमि नेपालको राजधानी स्थित ललितपुरको दक्षिण भेग विकट माझखण्डमा सतकुलपुत्त श्रामणेर प्रवज्या कार्यक्रम शुरु भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षणमा विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनामा शुरु भएको उक्त कार्यक्रममा विहिवार विहानै देखि प्रवजित हुने व्यक्तिहरु कपाल काट्नको लागि तयार भइ वसेका थिए । कार्यक्रममा अखिल नेपाल भिक्षुमहासंघका उपाध्यक्ष भिक्षु शिलभद्र महास्थविरले ‘केसा, लोमा, नखा, दन्ता, तचो – तचाे दन्ता, नखा, लोमा, केसा’ का वाक्यलाई प्रवजित हुन चाहने व्यक्तिहलाई वाचन गराउनु भई कपाल काट्न शरु गर्नुभएपछि कार्यक्रम शुरुवात भएको थियो ।
कपाल खौरिसकेपछि सेतो वस्त्र लगाइ माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरी विहारमा पुगी प्रव्रज्या कार्यक्रम शुरु हुनेछ ।
उक्त कार्यक्रममा सहभागी प्रवजित व्यक्तिहरु ७० जना, ७ वर्ष देखि ५८ वर्षसम्मको हुनुहुन्छ ।