मोटरसाइकल चोरी गर्दै गरेका २ जना पक्राउ

भक्तपुर, चैत्र २२
बाटोमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बागेश्वरी हेल्थपोष्ट नजिक बस्ने कर्म गुरुङले बाटोमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१० प ३७१३ नं को पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–२ घर भई हाल चाँगुनारायण नगरपालिका–५ स्थित श्री १ भट्टामा काम गर्ने २२ वर्षिय गोमन तामाङ र १८ वर्षिय सागर तामाङ छन ।