गाईफर्ममा आगलागी हुँदा ५ लाखको क्षती

भक्तपुर, चैत्र २२
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, यातु महादेव नजिक गाईफर्ममा गएराती आगलागी हुँदा करिव ५ लाख रुपैंया बराबरको क्षती भएको छ । सोही स्थान बस्ने २५ वर्षिय कुमार विकले सञ्चालन गरेको उक्त गाईफर्ममा अचानक आगलागी हुँदा सो क्षती भएको हो ।
आगलागीमा एउटा गाई मृत्यु हुनुका साथै एउटा जलेर घाईते भएका छन । साथै आगलागीमा बास र जस्तापाताको टहरा, पानी भर्ने ड्रम, सिल्बरको डिप्ची, सिल्बरको दुध बोक्ने भाँडा, पराल, गाईबस्तुले खाने परालको भुषालगायत जलेर नष्ट हुँदा ४ लाख ८८ हजार रुपैंयाको क्षती भएको प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।
राती साढे आठ बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा करिव ९ बजे नियन्त्रणमा लिएको एसपी केसीले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।