मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसको अवसरमा विभिन्न संघसंस्था र व्यक्तित्व सम्मानित

भक्तपुर, चैत्र १४
मध्यपुर थिमि नगरपालिकाको २७ औं स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न व्यक्ति, संघ संस्था तथा विद्यालयहरुलाई सम्मान गरेको छ । नगरपालिकाको वडा नं. ८ बोडेस्थित कुमारी द्यो परिसरमा मंगलवार आयोजित मुल समारोह कार्यक्रममा उत्कृष्ट वडा स्तरीय उपभोक्ता समिति अन्तर्गत वडा नं. ३ को स्वच्छ सरस्वती नगर ढुङ्गा छपाई उपभोक्ता समिति, शाक्य ढुङ्गा बिक्रि डिपो वडा नं. ३ का उग्र बहादुर शाक्य उत्कृष्ट करदाताको रुपमा सम्मानित भए ।
यसैगरी शैक्षिक सत्र २०७८ को कक्षा ८, १० (एसईई) र १२ को अन्तिम परीक्षाको नतिजाका आधारमा गणेश मावि नगदेश उत्कृष्ट सामुदायिक विद्यालय, त्रि स्टार ईङ्गलिस सेकेण्डरी स्कुल लोहकिल्थली उत्कृष्ट संस्थागत विद्यालयबाट सम्मानित भए ।


यस्तै हलुका सवारी चालक राम सुनुवार मध्यपुर थिमि नगरपालिकाको यसवर्षको उत्कृष्ट कर्मचारी घोषित भएका छन । उहाँलाई पनि स्थापना दिवसको अवसरमा सम्मान गरिएको छ ।
सोही अवसरमा बोडेको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरी कायम गर्न अतुलनीय भूमिका र योगदानको कदर स्वरुप पलेस्वाँ पुखुः संरक्षण समितिलाई विशेष कदरपत्र सम्मान गरिएको छ ।
यसैगरी उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त दुई कर्मचारी धनकृष्ण श्रेष्ठ र अञ्जली श्रेष्ठलाई पनि ससम्मान बिदाई गरिएको छ ।


यसैगरी अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि जनही एक लाख रुपैंयासहित ससम्मान बिदाई गरिएको छ । अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरुमा वडा नं. १ का राजमाया कवे, पदमा खड्का, लक्ष्मी हेका, वडा नं. २ का विमला खड्का, वडा नं. ३ का ईन्द्रा देवी बस्नेत, सितादेवी बस्नेत, पार्वती अर्याल, वडा नं. ४ कृष्णमाया कायष्थ, रामदेवी श्रेष्ठ, राममाया श्रेष्ठ छन ।
वडा नं. ५ का चन्द्रमाया श्रेष्ठ, रामशोभा श्रेष्ठ, वडा नं. ६ का रबी श्रेष्ठ, रुकमणी श्रेष्ठ, राममाया मानन्धर, वडा नं. ७ का मोहनमाया बाडे, गंगा मल्ल, तुइलमाया सिन्केमन, वडा नं. ८ का नजरी माया साहुखल, चम्पा जिम्मा, विष्णुमाया साहुखल, अष्टमाया तमी र वडा नं. ९ का शारदा कार्कीलाई जनही नगद एक लाखसहित ससमान बिदाई गरिएको छ ।


स्थापना दिवसकै अवसरमा नगरपालिकाले नगरका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । नगरपालिकाले प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी दुई÷दुई जनालाई नगद राशीसहित सम्मान गरेको हो ।
सम्मानित हुने ज्येष्ठ नागरिकहरुका वडा नं. १ का मनमाया सुवेदी, भिमबहादुर खड्का, वडा नं. २ का यमलाल आचार्य, मनुमाया खत्री, वडा नं. ३ का मुद्धधरा घिमिरे, धनपति सुवेदी, वडा नं. ४ का सजन माया श्रेष्ठ, ज्ञानलाल श्रेष्ठ, वडा नं. ५ का रत्नमान प्रजापति, सानुमाया श्रेष्ठ छन ।
यस्तै वडा नं. ६ का कान्छा कुमार साझ्वा प्रजापति, गणेश माया प्रजापति, वडा नं. ७ का आशानसिं धुमन, तरिमाया शाही, वडा नं. ८ का रत्नमाया श्रेष्ठ, रामकृष्ण थापा श्रेष्ठ र वडा नं. ९ का ईन्द्रकला शर्मा , बासुदेव खड्कालाई सम्मान गरिएको थियो ।