तस्विरमा हेरौं किर्तिपुरमा देखिएको क्रिकेट क्रेज

भक्तपुर, चैत्र २
डकवर्थ लेविस नियमको आधारमा बिहिवार युएईलाई ९ रनले हराउँदैं नेपाल आइसीसी विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ । यो सँगै टेष्ट राष्ट्रसँग क्रिकेट खेल्ने नेपालको सपना पुरा हुनेभएको छ ।
किर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेल हेर्न दर्शकको ओइरो लागेको थियो । करिव १२ हजार क्षमताको टियु मैदानमा ११ हजार टिक बिक्रि गरिएको थियो तर करिव २० हजार दर्शकको उपस्थिती रहेको थियो । रंगशाला भित्र मात्र होइन बाहिर पनि दर्शकको खचाखच उपस्थित थियो ।
रंगशाला वरपरका रुख, पर्खाल, टियुको भवनका छतमा समेत दर्शकको उपस्थिती रहेको थियो । दर्शकको उपस्थितीले टियु मैदान भारत, ईंग्ल्याण्ड र अष्टे«लिको मैदान जस्तो देखिएको थियो । अझ आकाशबाट लिएको तस्विर अत्यन्त मनमोहक देखिएको थियो । हेरौं किर्तिपुरमा देखिएको क्रिकेट क्रेज ।
तस्विर सौजन्य – क्यान