मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामग्री वितरण

भक्तपुर, फागुन १५
मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका १८ वटा सामुदायिक विद्यालयहरुलाई विभिन्न स्टेशनरी सामग्री वितरण गरेको छ । नगरपालिकाको शिक्षा शाखाले ती विद्यालयहरुलाई २० थरी स्टेशनरी सामग्री वितरण गरेको हो ।
नगरपालिकाले वितरण गरेको सामग्रीमा ग्लुष्टिक, कार्वन, साइनपेन, गम, स्यानिटाइजर, स्केल, मार्कर पेन, रजिस्टर, पेपर कटर, फोटोकपी, बोर्ड मार्कर, स्ट्याम्प्लर, स्ट्याम्प्लर पिन रहेका छन । यसैगरी फुलस्केप, २ न रजिष्टर, पचिङ मेसिन, इन्डेक्स फाइल, क्यालकुटर, करेकसन पेन र कपी प्रदान गरिएको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।