ग्याजेटको लत छुटाउन विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा आवश्यक – प्रदेश सभा सदस्य श्रेष्ठ

भक्तपुर, फागुन १४
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकालाई मोबाइल, कम्प्युटर एवं अन्य इलेक्ट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको मोबाइललगायतको लत छुटाउन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।
“कोरोना महामारीमा सञ्चालन भएका अनलाइन कक्षाका कारण बालबालिकाहरुमा मोबाइल, ल्यापटप कम्प्युटर, ट्यावको बानी प¥यो । अव उक्त बानी छुटाउन अभिभावक शिक्षक शिक्षिकालाई गारो परेको छ,” उहाँले भन्नुभयो, “यस्तो लतबाट छुटाउन बालबालिकाहरुलाई व्यवहारिक शिक्षामा भुलाउनु पर्दछ ।” बालबालिकामा भएको सामाजिक सञ्जाल र इलेक्ट्रोनिक्स ग्याजेटको लतबाट छुटाउन नसक्ने हो भने आगामी पुस्ताको भविष्य नै जोखिममा पर्ने उहाँले बताउनुभयो ।
श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको ठुलो योगदान रहेको बताउँदैं निजी विद्यालयमा रहेको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
विद्यालयका सल्लाहकार माधव खत्रीले हिजो पढाउने विद्यालय चाहिएको थियो अव व्यवहारिक शिक्षा दिने विद्यालयको खाँचो भएको बताउनुभयो । सो अवसरमा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
गोल्डेन सुनगाभाले स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा गत फागुन ७ गतेदेखी साताव्यापी रजत महोत्सव कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो ।