घ्याम्पे डाँडामा पिकनिक आएका जसपा सांसद सहनाजको ह्दयघातका कारण मृत्यु

भक्तपुर, फागुन १३
जनता समाजवादी पार्टी (जसपा)नेपालका सांसद सहनाज रहमानको ह्दयघातका कारण शनिवार निधन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक आएकी सहनाजको ह्दयघातका कारण मृत्यु भएको हो ।
कुर्सीमा बसीरहेका सांसद सहनाज एक्कासी लड्न गई बेहोस भएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको र त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
जसपा नेपालको गैर भौगोलिक विशेष प्रदेश समिति र बौद्धिक पेशाकर्मी समितिको आयोजनामा घ्याम्पेडाँडामा होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
जसपा नेपालको केन्द्रीय सदस्य समेत रहनुभएकी सहनाज झापा भद्रपुर नगरपालिका–६ फुलबारी स्थायी घर भई हाल मध्यबानेश्वर काठमाण्डौ बस्दै आउनुभएको थियो । सहनाजलाई जसपा नेपालले समानुपातिकतर्फको सांसद बनाएको हो ।