अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ

भक्तपुर, फागुन १०
अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन् ।
अनुसन्धानका क्रममा तामाङले गत माघ २६ गते काठमाण्डौंको साँखुमा अमेरिकी डलर देखाई ४ लाख नेपाली रुपैंया लुटपाट गरी फरार भएको खुल्न आएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक सोमन्द्र सिंह राठौरले बताउनुभयो ।
पक्राउ परेका तामाङ माथि ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत बौद्ध पठाइएको राठौरले बताउनुभयो ।