लोहकिल्थलीस्थित वि पि पार्कमा सरसफाई

भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाको सरसफाई कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. १ लोहकिल्थलीस्थित निर्माणाधिन वि पि पार्कको सरसफाई गरिएको छ । नगरपालिकाले साप्ताहिकरुपमा नगरका पुरातात्विक महत्वका सम्पदा, पार्क, मठ मन्दिर, पाटी पौवाहरुको सरसफाई गर्दै आइरहेको छ । सोही अनुसार वि पि पार्कको सरसफाई गरिएको नगरपालिकाले जनाएको छ ।
वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोलको अगुवामा नगर प्रहरीको सहभागितामा सरसफाई गरिएको हो ।