नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

भक्तपुर, फागुन ८
नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । पाकिस्तानी दुतावासले सोमवार पत्रकार सम्मेलन गर्दै आठौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
पाकिस्तान दुतावासमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको थियो । दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ ।
प्रतियोगितामा विभिन्न क्लव र एकेडेमीहरुको सहभागिता रहनेछ । प्रतियोगिता मार्च १० बाट १८ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।


प्रतियोगिताको उद्देश्य नेपाली युवाहरुलाई खेलकुद गतिविधिमा सहभागी हुन अभिप्रेरित गराउने र दुई देशका नागरिकबीच सहकार्य बढाउने रहेको दुतावासले जनाएको छ ।
सो अवसरमा सम्बोधन गर्दै पुर्व कप्तान खड्काले नेपाली युवाहरु क्रिकेटरलाई प्रोत्साहन गर्ने पाकिस्तानी दुतावासको क्रियाकलापको स¥हाना गर्दै धन्यवाद दिए ।
अमिर अलीले नेपाली युवाहरु माझ प्रतियोगिता लोकप्रिय हुँदै गएकोमा खुसी व्यक्त गर्दै स्वस्थ समाज निर्माणका लागि खेलकुद महत्व रहेको बताए । उनले प्रतियोगिताले दुई देशको आपसी सम्बन्ध र भाइचारा थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।