आशापुरीको जंगलमा शव फेला

भक्तपुर, फागुन ८
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीस्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीका अनुसार आइतवार दिउँसो सो शव फेला परेको हो ।
अन्दाजी ४०÷४५ वर्षका सो शवको हाल पहिचान खुल्न सकेको छैन । स्थानीयले पुरुषको शव फेला परेको सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । भुईमा उत्तानो अवस्थामा शव फेला परेको एसपी केसीले बताउनुभयो ।
बायाँ हातमा कालो फित्ता वाला घडी लगाएको, सेतो रङमा घाटीमा रातो धर्सा भएको पुरा बाहुला भएको टिसर्ट लगाएको र कम्मर मुनिको भागमा कपडा नभएको अवस्थामा शव फेला परेको जानकारी दिँदै उहाँले सो सम्बन्धमा अनुसन्धान अघि बढाएको बताउनुभयो ।