भक्तपुर बुद्धिचालमा दुवाल

भक्तपुर, फागुन ८
भक्तपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा बद्री केदार दुवाल चयन भएको छ । संघको आइतवार सम्पन्न साधारणसभाले दुवाललाई अध्यक्ष चयन गरेको हो ।
सभाले संघको उपाध्यक्षमा रामकुमार माकजु, सचिवमा किरण गाईजु, सहसचिवमा एन बी दमरु र कोषाध्यक्षमा सविना गुज चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा मध्यपुर थिमिका सुन्दर श्रेष्ठ र सविना प्रजापति, सूर्यविनायकका किरण प्रजापति र भक्तपुर नगरका प्रवेश प्रजापति चयन भएका छन ।
सभाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष निरञ्जन प्रजापति, बागमती प्रदेश प्रतिनिधिहरुमा पूर्ण सुन्दर श्रेष्ठ, राजेश कक्षेपति र सविना गुज चयन गरेको छ ।