जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ

भक्तपुर, फागुन ३
भक्तपुर, सूर्यबिनायक नगरपालिका–६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामा सहित ६ जनालाई गत सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।