प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएसलाई, ५ वर्षिय पलिस्थाले उसुमा स्वर्ण पदक जिते

भक्तपुर, माघ २५
प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएस हर्मन माइनर सेकेन्डरी स्कुलले जितेको छ । एसओएसले प्रतियोगितामा कुल १४ स्वर्ण पदक जित्दै प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
यसैगरी विनायक शिक्षा निकेतनले ६ स्वर्ण पदक जित्दै दोस्रो स्थान हासिल गरे भने ५ स्वर्णसहित आदर्श माध्यामिक विद्यालय सानो थिमि तेस्रो भए ।


प्रतियोगिताको एथलेटिक्स तर्फको सटफुट छात्रमा गणेश माविका सरोज बुढाथोकी प्रथम, एसओएसका समिर बिष्ट दोस्रो र रविन शाह तेस्रो भए । सटफुट छात्रामा भक्तपुर ईं स्कुलकी सुस्मिता श्रेष्ठ प्रथम, आदर्श मावि लाय्कुकी विमला मडै र एसओएसकी अपेक्षा थापा संयुक्त रुपमा दोस्रो भए ।
एथलेटिक्सकै लङजम्प छात्रमा एसओएसका प्रतिक सुवेदी प्रथम, जेनिथ एकेडेमीका अमृत मगर दोस्रो र आदर्श मावि सानो थिमिका राजन सिंश धामी तेस्रो भए । त्यस्तै छात्रातर्फ एसओएसकी श्रेया देवकोटा प्रथम, आदर्श मावि सानो थिमिका भगवती मगर दोस्रो र कौशलटार ई स्कुलकी लक्ष्मी कुमारी सरदार तेस्रो भए ।


ज्याभलिन थ्रो छात्रामा एकता पहाडी भक्तपुर ई. स्कुल प्रथम, मन्दिरा रेग्मी एभरेष्ट पब्लिक एकेडेमी दोस्रो र सोही स्कुलकी मनिता बस्नेत तेस्रो भए । छात्रतर्फ एसओएसका दिलिप मिजार र आदेश राई क्रमश पहिलो र दोस्रो भए भने एभरेष्ट पब्लिकका अभिशेक महर्जन तेस्रो भए ।
त्रिपलजम्प छात्रमा आदर्श मावि सानो थिमिका दुर्गा प्रसाद जैसी प्रथम, एसओएसका दिलिप मिजार र प्रान्जल थापा मगर क्रमशः दोस्रो र तेस्रो भए । छात्रातर्फ विनायक शिक्षा निकेतनका जेनिशा थापा प्रथम, एसओएसका प्राची राउत दोस्रो र कोशलटार ईं स्कुलका अनिता राजधामी तेस्रो भए ।


हाई जम्प छात्रामा एसओएसका सिताकुमारी खड्का प्रथम, आदर्श माविका मनिषा खतिवडा दोस्रो र सोही स्कुलका भगमती मगर तेस्रो भए । छात्रतर्फ विनायकका आदेश शिवाकोटी प्रथम, जेनिथ एकेडेमीका अमृत मगर दोस्रो र आदर्श माविका राजनसिंह धामी तेस्रो भए ।
एथलेटिक्सकै ८०० मिटर दौड छात्रतर्फ अनिश थापामगर विनायक शिक्षा निकेतन प्रथम र एसओएसका समिर बिष्ट र आर्दश खड्का क्रमशः दोस्रो र तेस्रो भए । छात्रातर्फ एसओएसका श्रृष्टि देवकोटा प्रथम एसओएसकै प्राची राउन दोस्रो र गणेश माविका लक्ष्मी राई तेस्रो भए ।


२०० मिटर दौड छात्रातर्फ एसओएसका श्रेया देवकोटा प्रथम, विनायक शिक्षा निकेतनका प्रकृति रानामगर दोस्रो र विनायककै अनिता थापामगर तेस्रो भए । छात्रतर्फ एसओएसका सुमन राई प्रथम, आदर्श मावि सानोथिमि अनिल लुहार र जनम गिरी क्रमशः दोस्रो र तेस्रो भए ।
त्यसैगरी ४ गुणा ४०० मिटर रिले दौड छात्रतर्फ एसओएसका समिर बिष्ट, प्राञ्जल थापामगर, प्रतिक सुवेदी र सुमन लकाईको टोली प्रथम, भक्तपुर ई स्कुलका साइमन तण्डुकार, सुयस खड्गी, प्रशान्त मोक्तान र सुजल श्रेष्ठको टोली दोस्रो र जेनिथ एकेडेमीका उज्जवल गडौली, सयल सुनुवार, क्रिसल ढुंगाना र अमित मगरको टोली तेस्रो भए ।


४ गुणा ४०० मिटर रिले दौड छात्रातर्फ एसओएसका श्रेया देवकोटा, प्राप्ति खड्का, सृष्टि देवकोटा र प्राची राउतको टोली प्रथम, बोडे माविका अञ्जली थिङ, एलिसा तामाङ, फुलमाया तामाङ र विनिता सुनुवारको टोली दोस्रो र नवरत्न ईं स्कुलका सिरिसा मानन्धर, श्रृष्टि रञ्जितकार, प्रतिका श्रेष्ठ र जेनिशा कामीको टोली तेस्रो भए ।


प्रतियोगितामा आयाम मन्टेश्वरीका ५ वर्षिय पलिस्था श्रेष्ठले उसुमा स्वर्ण पदक जिते । भलिबल छात्रको फाइनलमा आदर्श जनप्रेमी ईं स्कुलले गणेश माविलाई २–० ले पराजित गर्दै स्वर्ण पदक जिते ।
तीन दिन सञ्चालन भएको प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाका ३२ विद्यालयका ७८० विद्यार्थीहरुले सहभागिता जनाएको थियो । प्रतियोगितामा पदक संख्याका आधारमा विजेता विद्यालयको छनोट गरिएको थियो ।
प्रतियोगिताका विजयी खेलाडी तथा उपाधि विजेता विद्यालयलाई नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले शिल्ड, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।