जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर, माघ १९
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर एक बालिका र युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुगुको सोरु गाँउपालिका घई भई हाल सूर्यबिनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने २१ वर्षिय भक्त नेपाली र हुम्लाको अदानचुली गाँउपालिका वडा नं. ३ घर भई हाल सूर्यबिनायक नगरपालिका वडा नं. ९ मिलनचोक बस्ने १९ वर्षिय गगन परियार छन ।
नेपालीलाई भक्तपुर बाँसबारी र परियारलाई जगातीबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) राजु पाण्डेले बताउनुभयो ।
पक्राउ परेका नेपालीले माघ १८ गते बेलुकी ६ बजे मुगु घर भई हाल काठमाण्डौँ थानकोट बस्ने १५ बर्षीया बालिकालाई र परियारले मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने २० वर्षिया महिलालाई नंखेलस्थित लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जबरजस्ती करणी गरेको डिएसपी पाण्डेले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त जगातीमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।