मस्तिष्क पक्षाात तथा अपाङ्गताको लागि जागरण गीत – ‘आउ साथी एउटा खुसीको दियो बालौं’

भक्तपुर, माघ १६
स्टुडियो साउण्ड मिलले गीतकार तथा समाजसेवी नरेश प्रधानको सहकार्यमा मस्तिष्क पक्षघात तथा अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानको लागि जनचेतना जगाउने उदेश्यले ‘आउ साथी एउटा खुसीको दियो बालौं’ बोलको जागरण गीत बजारमा ल्याएको छ ।
नेपालका वरिष्ठ एवं चर्चित गायकहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतको स्वर भरेको सो गीतको रचनाकार नरेश प्रधान र संगीत वरिष्ठ संगीतकार शक्ति बल्लभको रहेको छ । सो गीतको मिक्सिङ्ग र मास्टरिङ्ग वरिष्ठ साउण्ड इन्जिनीयर महेश्वरमान राजभण्डारीले गर्नुभएको छ ।
म्युजिक भिडियोसहित तयार गरिएको यस गीतको प्रबद्र्धन कार्यक्रम मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह, नेपाल धापाखेलले गीति मेलाको आयोजना गरी मस्तिष्क पक्षाघात तथा अपाङ्गता भएका ब्यक्तिहरुले नृत्य मार्फत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले जागरण गीत र प्रस्तुतिको प्रशंसा ब्यक्त गर्नुका साथ अभियानलाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।


उक्त म्युजिक भिडियोमा उशा रजत, रश्मी भट्ट, सुन्दर धिताल, रक्षा थापा, प्रिन्स प्रसिद्ध सिंह थापा, विकास रिमाललगायतले अभिनय गरेका छन । स्टुडियो साउण्ड मिलका प्रबन्ध निर्देशक बुनु श्रेष्ठका अनुसार म्युजिक भिडियोको निर्देशन मोहन राई र नारायण खतिवडाले गर्नुभएको छ।
मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पनामा ल्याइएको उक्त गीतबाट मस्तिष्क पक्षाघात तथा अपाङ्गता भएका ब्यक्तिहरुमा उर्जा प्रदान हुने अपेक्षा गरिएको छ ।