भक्तपुर गठ्ठाघरमा अत्याधुनिक क्लिनिक सञ्चालन

भक्तपुर, माघ १०
भक्तपुरमा अत्याधुनिक सेवा सुविधासहित थप एक स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । भक्तपुरको मध्यपुर थिमि ३ गठ्ठाघरस्थित जर्मन होम्ससँगै अत्याधुनिक प्रविधिसहित आयु सुपरस्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकमा आन्तरिक चिकित्सा, आन्तरिक चिकित्साको विशेष सेवाहरू, ग्यास्ट्रोन्टेरोलजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधा हुनेछ । यसैगरी ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी ड्ड आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग ÷ इनभिट्रो फर्टिलाइजेशन र बाल रोग सुविधा हुने क्लिनिकका अध्यक्ष प्रा.डा.सुरज बज्राचार्यले जानकारी दिनुभयो ।
क्लिनिक यही माघ १२ गते श्रीपञ्चमीको दिन देखी औपचारिकरुपमा सञ्चालनमा आउनेछ । क्लिनिकमा अत्याधुनिक प्याथोलोजी ल्याव समेत रहेको छ, जहाँ क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा समेत उपलब्ध हुनेछ । एउटै छानामूनी २० वटा विभाग अन्तरगत सबै प्रकारका विशेषज्ञ डाक्टर, गुणस्तरिय ल्याव, सहितको सेवा दिने संस्थाका व्यवस्थापक विकास थापाले बताउनुभयो ।
क्लिनिकले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई संस्थाले दिने सम्पूर्ण सेवामा २५ प्रतिशत आजीवन छुट प्रदान गर्ने अध्यक्ष प्रा. डा. बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भक्तपुर र भक्तपुर पुर्वका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो ।