फिजम कपको १० औं संस्करणमा १६ विद्यालयको सहभागिता हुने

भक्तपुर, माघ ८
फिजम कप फुटबल प्रतियोगिताको १० औं संस्करण यही माघ १० गते मंगलवारबाट शुरु हुने भएको छ । मध्यपुर थिमि वडा नं. २ सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा हुने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहने आयोजकले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
फिजम संस्थागत विद्यालयहरुको सञ्चालकहरुको मञ्च हो । फिजमले हरेक वर्ष विद्यार्थीहरुको प्रतिभा उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिँदैं प्रतियोगिता संयोजक सुनिल केसीले यसै सन्दर्भमा फुटबल खेललाई पनि निरन्तर सञ्चालन गर्दै आइरहेको बताए । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल तारा स्कुल पेप्सीकोला, नेक्सस इन्टरनेशनल एकेडेमी पेप्सीकोला, मोनाष्टिक पब्लिक इंग्लिस स्कुल कागेश्वरी मनोहरा, भिमेश्वर एकेडेमी पेप्सीकोला, ग्रामर पब्लिक स्कुल कोटेश्वर, न्यु भिजन एकेडेमी कोटेश्वर, काम्यक स्कुल बागबजार, माउण्ट सेब स्कुल नरेफाँट, स्वर्णिम तारा विद्या सदन कोटेश्वर, विश्व विद्या मन्दिर ललितपुर, लाईसियम प्याराडाइज एकेडेमी पेप्सीकोला, दिपिका स्कुल कोटेश्वर, अर्किड प्युपल इंग्लिस स्कुल कागेश्वरी मनोहरा, ग्लोबल पब्लिक स्कुल पेप्सीकोला, बेस्ट ग्रुप भिजन इंग्लिस स्कुल पेप्सीकोला र हेब्रोन पब्लिक स्कुल कोटेश्वरको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजयी टोलीले आकर्षक ट्रफी, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।