केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बस्नेत निर्वाचित

भक्तपुर, माघ ८
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा बस्नेत १०६२ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी सूर्यबहादुर खाईतुले ६३८ मत प्राप्त गर्नुभयो ।
निर्वाचनमा समितिको वरिष्ठ उपााध्यक्षमा आत्माराम थापा, उपाध्यक्षमा रामेश्वर बोहरा, महासचिवमा हरिशरण बस्नेत र सह–कोषाध्यक्षमा केदारप्रसाद उपाध्याय (सत्याल) विजयी हुनुभयो ।
त्यस्तै समितिको महिला सदस्यहरुमा तारा खड्का बस्नेत र रेखा थापा, खुला सदस्यमा हरिहर ढुंगाना, राकेश थापा, बद्रि बहादुर भट्टराई, राजेन्द्र त्वाती, हरिचन्द थापा र दिपबहादुर तामाङ निर्वाचित हुनुभयो ।