सिद्धि गणेश सहकारीमा विविध कार्यक्रम सम्पन्न

भक्तपुर, माघ ७
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविर शनिवार सम्पन्न भएको छ ।
सदस्यहरुलाई संस्थाको सेवा सुविधाबारे जानकारी दिने उद्देश्यकासाथ शिक्षा उपसमितिको आयोजनामा सम्पन्न अनिवार्य शिक्षा शिविरमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुती दिँदैं ३१ जनाको ३ हजार एक सय रकमबाट शुरुभएको संस्थाले हाल १६ हजार १२३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।


सिद्धि गणेश ऐन, कानून तथा सहकारीका अन्तर्राष्ट्रिय मान्यता अनुसार सञ्चालन भइरहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको उहाँले बताउनुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिँदैं अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने बताउनुभयो । सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको जानकारी उहाँले दिनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णु प्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखी शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।


यसैगरी संस्थाको लघुवित्त तथा बचत समुह परिचालन उपसमितिको आयोजनामा सम्पन्न डोरी तान्ने प्रतियोगिताको पुरुष बिधामा सिद्धि गणेश साकोस कर्मचारी समुह प्रथम तथा जागरुक युवा बचत समुह द्धितीय भएको थियो भने महिला विधामा आदर्श बचत समुह प्रथम र सिद्धि गणेश कर्मचारी समुह ‘क’ द्वितीय हुन सफल भएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा अध्यक्ष लाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिँदैं खेलले व्यक्तिलाई अनुशासन, कडा परिश्रम, मित्रता तथा सदाचार जस्ता गुण दिनुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने भएकोले भविष्यमा पनि खेलकुद प्रतियोगिता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको र डोरी तान्ने प्रतियोगिता पनि त्यसैका एउटा भागरहेको बताउनुभयो ।
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति सञ्चालक रत्नश्वरी चवालले प्रतियोगितामा हार जित भइरहने र खेलुकुदलाई मनोरञ्जनसँगै स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । विजेताहरुलाई प्रमाणपत्र, मेडलसँगै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।


त्यस्तै, संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा बालबचतकर्ताहरुबीच नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । २५ जना बालबचतकर्ताहरुको सहभागिता रहेको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समुहमा सिन्चन कोजु, इभा कोण्डा, एलिना जधारी र सुमंग सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सात्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने कक्षा ६ देखि १० सम्मको समुहमा सुरभी लाखा, एल्वीस जधारी, स्मरण सुवाल र स्माइल्दा सुवाल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो ।
विजयी बालवचतकर्ताहरुलाई पुरस्कार वितरण गर्दै संस्थाका अध्यक्ष लाखाले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकाससँगै पढाइमा सहयोग गर्ने र विद्यार्थीहरुको उज्जल भविष्यमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । उहाँले भविष्यमा थप सीपमूलक तालिमहरु सञ्चालन गर्दै जाने जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईंले सानैदेखि गरिने थोरै थोरै बचतले भविष्यको ठूलो गर्जाे टार्न सहयोग पु¥याउने भएकोले बाल बचत गर्नुपर्ने सुझाव दिँदैं बालबालिकाको सर्वाङ्गीन विकास गर्ने उद्देश्यकासाथ विभिन्न समयमा सिद्धि गणेशले बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो । हस्तलेखन तालिमका प्रशिक्षक एवं प्रतियोगिताका निर्णायक सुरज दिदीयाले विद्यार्थी जिवनको सहयोगी लेखन शैली हस्तलेखन तालिमलाई भविष्यमा पनि निरन्तर दिनुपर्ने र भक्तपुरको मौलिक एवं नेपालभाषाको पहिचान रञ्जना लिपीको पनि तालिम प्रदान गर्न अनुरोध गर्नुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक रञ्जना प्रजापतिले महिला तथा बालबालिका उपसमितिले विभिन्न समय र अवसरमा महिला तथा बालबालिका लच्छित सीपमूलक तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिँदैं भविष्यमा सञ्चालन हुने कार्यक्रमहरुमा सदस्यहरुको सक्रिय सहभागिता रहनेमा विश्वास व्यक्त गर्नुभयो ।