विमान दुर्घटनाप्रति पाकिस्तानद्धारा दुःख व्यक्त

भक्तपुर, माघ १
पाकिस्तान सरकारले पोखरामा आइतवार भएको यति एअरलाईन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तान सरकारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै घटनामा दुःख व्यक्त गरेको हो ।
विज्ञप्तीमा दुःखद दुर्घटनाले अत्यन्त स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तीमा यस दुःखद घडीमा पाकिस्तान सरकार नेपाल र नेपालीको साथमा रहेको बताईएको छ ।