माघ २ गते औपचारिक कार्यक्रम नगर्न प्रशासनको आग्रह, भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित

भक्तपुर, माघ १
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते सोमवार कुनै पनि औपचारिक कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ । माघ १ गते आइतवार पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भई त्यसमा सवार ७२ जनाको ज्यान गएको शोकमा माघ २ गते शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउन मन्त्रिपरिषदको निर्णय अनुसार प्रशासनले सो अनुरोध गरेको हो ।
प्रशासनले माघ २ गतेको २५ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम समेत स्थगन गरिएको जनाएको छ ।