अर्जेन्टिनालाई २ गोलको अग्रता

भक्तपुर, पौष ३
विश्वकप फुटबलको फाइनलमा पहिलो हापको ३६ औं मिनेटमा अर्जेन्टिनाले २–० ले अग्रता लिएको छ । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि लुसेल रंगशालामा जारी फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स विरुद्ध कप्तान लियाृनल मेस्सी र डि मारियाको गोलले अग्रता लिएको हो ।
मेस्सीले खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका हुन । डि मारियालाई डि बक्सभित्र लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए । मेस्सी बाँया खुट्टाले पोष्टको दाँयातर्फ प्रहार गर्दै बललाई जाली चुमाएका थिए ।
यसैगरी खेलको ३६ औं मिनेटमा अर्जेन्टिनाले काउण्टरमा गोल गर्दै अग्रता दोब्बर पारेको हो । अर्जेन्टिनाका लागि दोस्रो गोल डि मारियाले गरे ।