सातदोबाटोको हिटिङ पौडी पोखरी सञ्चालनमा

भक्तपुर, पौष २
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे ।
सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ ।
पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ४ सिफ्टमा सञ्चालन हुने पौडी पोखरीका प्रमुख देवराज कट्वालले जनाएका छन् ।