नेपालकी शिभाली गल्स च्याम्पियन

काठमाडौं, पौष २
नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्सको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार सम्पन्न फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन ।
नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए ।
ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ (३) र ६–२ ले हराउदै पहिलो स्थान हात पारे । नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी गल्र्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् । स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ (३) र ६–२ को सेटमा हराए ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले पुरस्कृत गरे । प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए ।