स्कुटीको ठक्करले पैदल यात्रीको मृत्यु

भक्तपुर, मंसिर २४
भक्तपुरको मध्यपुर थिमि वडा नं. ८ स्थित मुलपानी जाने सडकको मनोहरा पसल नजिक स्कुटीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मुलपानीबाट बोडेतर्फ आउँदैं गरेको बा ७६ प ९०३५ नं. को स्कुटीले ठक्कर दिँदा गम्भिर घाईते भएका चितवन भरतपुर महानगरपालिका घर भई हाल मध्यपुर थिमि–९ बोडे बस्ने ४४ वर्षिय सन्तबहादुर श्रेष्ठको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । उनलाई स्कुटीले बिहिवार ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाण्डौंको नर्भिक अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
प्रहरीले स्कुटी र स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घर भई काठमाण्डौं बौद्ध बस्ने २२ वर्षिय पाल्देन लामालाई नियन्त्रणमा लिई थप कारवाही गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।