आयुर्वेदिक स्वास्थ्यका सबै सेवा र २३ प्रकारका औषधी निःशुल्क

भक्तपुर, मंसिर २०
वैकल्पिक चिकित्सा सेवाको रुपमा रहेको आयुर्वेदिक चिकित्साका सबै सेवा निःशुल्क रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रले पञ्चकर्म÷पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर र फिजियोथेरापी सेवा दिई रहेको जनाउँदैं ती सबै सेवा निःशुल्करुपमा प्रदान गर्दै आएको जनाएको हो ।
केन्द्रले आयुर्वेद स्वास्थ्य सेवाको प्रबद्र्धनका लागि मंगलवार जिल्लास्थित पत्रकारहरुसँग अन्तरक्रिया गर्दै २३ प्रकारका विभिन्न औषधीहरु निःशुल्क प्रदान गर्नुका साथै सःशुल्क औषधी सेवा समेत प्रदान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा केन्द्रका प्रमुख डा.नरेन्द्र प्रसाद गिरीले गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लास्थित आयुर्वेदिक स्वास्थ्य केन्द्र र औषधालयहरुको ८ हजार ९८४ महिलासहित कुल १४ हजार १४० जनाले ओपिडि सेवा मार्फत विभिन्न खाले स्वास्थ्य सेवा उपभोग गरेको जानकारी दिनुभयो ।
केन्द्रले नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकहरुद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म ÷ पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचापलगायतका सेवा प्रदान गर्दै आएको गिरीले बताउनुभयो ।
त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले आयुर्वेद हाम्रो जीवनसँग जोडिएको स्वास्थ्य सेवा रहेकोले यसको प्रवद्र्धनका लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आयुर्वेदको प्रवद्र्धनका लागि सेवाप्रदायक निकाय, स्थानीय तहलगायतसँग सहकार्य र समन्वय गरी शिविर सञ्चालन गर्न आवश्यक रहेको बताउँदैं जिल्ला प्रशासन कार्यालयका सेवाग्राहीलाई लक्षित गरी निकट भविष्यमा नै एउटा शिविर सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
केन्द्रका वैद्य शान्ता केसीले भक्तपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दुई वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसाार चाँगुनारायण नगरपालिका वडा न. ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० जोरपाटी र भक्तपुर नगरपालिका वडा न. ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ । त्यस्तै मध्यपुर आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको छ ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव सञ्जिप घिमिरे शुभचिन्तक, सदस्य राजकुमार लामिछाने, नागरिक दैनिकका कृष्ण किसी, रेडियो जनसञ्चार एफएमका सुरेश सायजुलगायतले आयुर्वेदिक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि स्वास्थ्य केन्द्रहरुको सेवा नियमित हुनुपर्ने, यसका फाइदा र उपचारका क्रममा प्राप्त सफलताको प्रचार प्रसार गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले केन्द्रले विगत दुई वर्षमा आयुर्वेद स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको दावी गर्दै यसको प्रवद्र्धनमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले जिल्लामा आयुर्वेद अस्पतालको खाँचो रहेको औंल्याउँदैं यसको स्थापनाका लागि व्यवस्थापन समिति लागि परेको जानकारी दिनुभयो ।