सार्वजनिक बसका छुटेको अमेरिकी डलरसहितको झोला सम्बन्धीत धनीलाई बुझाईयो

भक्तपुर, मंसिर २०
भक्तपुर प्रहरीले सार्वजनिक बसभित्र छुटेको अमेरिकी डलरसहितको सामान फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । काठमाण्डौं महानगरपालिका ३२ बस्ने जयप्रसाद पराजुलीको अमेरिकी डलरसहितको सामान भएको झोला मध्यपुर थिमि ३ कौशलटारबाट काठमाण्डौं तिनकुने जानेक्रममा सार्वजनिक बसमा सोमवार बिहान छुटेको थियो ।
प्रहरीले सीसी क्यामरासहितको सहायतमा उक्त झोला छुटेको बस र चालक फेला पारी पराजुलीको सामान सोमवार साँझ पौने ८ बजे बुझाएको हो ।
प्रहरीका अनुसार पराजुली खैरो खरानी रंगको पछाडी बोक्ने झोलाभित्र उनको राहदानी, अमेरिकी डलर, राहदानीलगायतका सामान थिए । मंगलवार (आज) बिहान अमेरिका जाँदैं गरेका पराजुलीले साँझ करिव ७ बजेमात्र प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले तत्काल अनुसन्धान गरी पराजुलीको झोला छुटेको बस च्याम्हसिंहबाट रत्नपार्क रुटमा चल्ने बा ४ ख १९७८ नं. को सार्वजनिक भाडाको बस हो भनी पत्ता लगाई बस चालकसहित नियन्त्रणमा लिएर झोला फेला पारी सम्बन्धीत धनीलाई बुझाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
उक्त झोलाभित्र डेल कम्पनीको सानो ल्यापटप एक थान, ४ हजार ८ सय अमेरिकी डलर, अमेरिकी राहदानी, विभिन्न बैंकका एटिएम कार्डहरु फेला परेको प्रनाउ पाण्डेले बताउनुभयो ।