घरको चौंथो तलाबाट खसेर किशोरको मृत्यु

भक्तपुर, मंसिर १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ मिलरोडमा बिहिवार साँझ घरको चौंथो तलाबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय भुवन श्रेष्ठको साढे चार तल्ले पक्की घरको चौंथो तलाबाट खसेर उनका १७ वर्षिय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।
आफ्नै घरबाट खसेर गम्भिर घाईते भएका भुमिनलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
भुमिन छतबाट छिमेकीको घर कम्पाउण्डमा खसेर गम्भिर घाईते भएका थिए । घटनाको सम्बन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।