विश्वकपमा आज ४ खेल हुँदैं, अर्जेन्टिनाका लागि निर्णायक खेल

भक्तपुर, मंसिर १४
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) चार खेलहरु हुँदैछन् । समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो ।
पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ ।
यस खेलहरुबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
यसैगरी समूह ‘सी’ का दुई खेल नेपाली समय अनुसार राती पौने १ बजे हुनेछ । समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । यस खेलहरुबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
समूह ‘सी’ मा पोल्याण्ड ४ अंक सहित समूहको शिर्ष स्थानमा रहेको छ । समान ३ अंक भएपनि अर्जेन्टिना गोल अन्तरका कारण दोस्रो स्थानमा र साउदी अरेबिया तेस्रो स्थानमा रहेको छ । एक अंक बटुलेको मेक्सिको पुच्छारमा रहेको छ । यस समूहबाट चारै टोलीलाई नकआउट चरणमा प्रवेश गर्ने अवसर रहेको छ ।