सुडाल ल्हासापाक्व महामञ्जुश्रीको प्रतिमा अनावरण

केके मानन्धर, भक्तपुर, मंसिर १२
भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालस्थित ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमका बीच आइतबार वाग्मती प्रदेशका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी जोन्छेले अनावरण गर्नुभएको हो ।
महामञ्जुश्री गुरताफु गुम्बामा फुल्चो ल्हामो आनी तथा गुठी संस्थान भक्तपुरको आयोजनामा कार्यक्रम गरिएको हो । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सो क्षेत्रको बगैंचामा प्रतिमासँगै पोखरी पनि स्थापना गरिएको छ ।


महामञ्जुश्रीको प्रतिमालाई ललितपुर ओकुबहाल निवासी राजेश शाक्यले दान गर्नुभएको हो । कार्यक्रममा गुठी संस्थानका प्रमुख किरण शाक्य, चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की, वाग्मती प्रदेशका लागि नवनिर्वाचित सांसद सुरेश श्रेष्ठ, भक्तपुर बौद्ध संघका अध्यक्ष त्रिरत्न शाक्य, चँंगुनारायण नगरपालिकाका वडा नं. ८ का वडाध्यक्ष, बौद्ध भिक्षु, उपासक, उपासिकाहरूको समेत सहभागिता थियो ।
सो कार्यक्रम अघि शान्तिका लागि एशियाली बौद्ध संस्थाको अगुवाईमा कमलविनायक चोकदेखि दीप प्रज्वलन गरी पदयात्रा समेत गरिएको थियो ।

तस्बिरः मंगल कृष्ण÷राजु मानन्धर