प्रतिनिधिसभाका १५८ सिटको नतिजा सार्वजनिक, कसको कति ?

भक्तपुर, मंसिर १२
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्म १ सय ५८ सिटको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ ।
नेकपा एमालेले ४२ सिट जित्दै दोस्रो, नेकपा माओवादी केन्द्रले १७ सिट जित्दै तेस्रो र नेकपा एकीकृत समाजवादीले १० सिट जित्दै चौंथो स्थानमा रहेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७÷७ सिटमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार ४ स्थानमा मतगणना जारी रहेको छ । जसमा कांग्रेस र एमालेका उम्मेदवार दुई÷दुई ठाउँमा अग्रता लिएको छ । एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन् । त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राख्नुभएको छ ।
बाजुरामा स्थगित भएको स्थानमा पुनः मतदान सम्पन्न भइसकेको छ । दोलखाका १० केन्द्रमा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको छ भने स्याङ्जा २ मा विवाद भएका मतदान केन्द्रको मतदान के हुने भन्ने बारे आयोगले निर्णय गर्न सकेको छैन ।