भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनको धन्यवाद ¥याली

भक्तपुर, मंसिर ११
लोकतान्त्रिक बाम गठबन्धनले भक्तपुर क्षेत्र नं. २ का मतदातालाई धन्यवाद प्रदान गरेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नं. २ (२)को प्रदेश सभा सदस्यमा जित हात पारेको गठबन्धनले विभिन्न स्थानमा ¥याली आयोजना गरी मतदातालाई धन्यवाद दिएको हो ।
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका सभापति दुर्लभ थापा निर्वाचित हुनुभएको थियो भने प्रदेश सभा भक्तपुर २ (२)मा नेकपा एकिकृत समाजवादीका पोलिट्व्यूरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको थियो । गठबन्धनले भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ को सदस्य भने गुमाएको थियो । सो क्षेत्रमा नेकपा एमालेका किरण थापामगर निर्वाचित हुनुभएको थियो ।


गठबन्धनले शनिवार सूर्यविनायक नगरपालिका २ बालकोटबाट धन्यवाद ¥याली निकालेको थियो भने आइतवार बिहान मध्यपुर थिमिको राधेराधेबाट निकालेको ¥यालीले वडा नं. ८ र ९ को विभिन्न भाग परिक्रमा गरेको थियो । यसैगरी आइतवार मध्यपुर थिमि वडा नं. ४ बालकुमारी चोकबाट निकालेको धन्यवाद ¥यालीले मध्यपुर थिमिको
¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद दुर्लभ थापाले पाँच वर्षे कार्यकालमा जनताको अभिमतको अवमूल्यन हुने कुनै कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “तपाईंले जुन विश्वासका साथ मत दिनुभएको छ, त्यप्रति धेरै आभार व्यक्त गर्दछ । तपाईंहरु ढुक्क र निश्चिन्त हुनुहोस । आगामी पाँच वर्ष तपाईंले दिएको मतको अवमूल्यन हुने कुनै काम गर्ने छैन ।”


उहाँले समृद्ध भक्तपुर बनाउने अभियानमा जनतासँग हातेमालो गर्दै अघि बढ्ने र भ्रष्टाचारमा शुन्य सहनशिलता, सुशासनमा सधै आफु कतिवद्ध हुने अठोट गर्नुभयो ।
त्यसैगरी प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले विगतमा आफुले शुरु गरेको विकास निर्माणलाई निरन्तरता दिँदैं गठबन्धनका दलहरुबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।