सिद्धार्थ साकोसको अध्यक्षमा राजेश चयन

भक्तपुर, मंसिर ११
मध्यपुर थिमि ४ शंखधरचोकस्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति अध्यक्षमा राजेश श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार सम्पन्न १३ औं साधारणसभाले राजेशलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यस्तै संस्थाको उपाध्यक्षमा इन्द्रकृष्ण श्रेष्ठ, सचिवमा सोहन कायस्थ र कोषाध्यक्षमा हिरामान शंखदेव चयन भएका छन । सदस्यहरुमा रमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, महेन्द्र काजी श्रेष्ठ, हरि श्रेष्ठ, प्रेम लक्ष्मी श्रेष्ठ तथा लेखा समितिका संयोजकका तुल्सीभक्त श्रेष्ठ र सदस्यहरुमा रमेश साँय श्रेष्ठ, ईस्वरलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।