दुर्घटनामा एकको मृत्यु, अर्को घाईते

भक्तपुर, मंसिर ११

भक्तपुरको पेप्सीकोला–निकोशेरा सडक खण्डको पुरानो थिमिस्थित हुकुम औषधी उद्योग नजिक शनिवार राती मोटरसाइकल र महिन्द्रा म्याक्सिमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १ क्वाछें बस्ने २८ वर्षिय सिजन फसिकवा हुन ।
पुरानो थिमिबाट निकोशेरातर्फ आउँदैं गरेको बा. १० प. ९५०८ नं. को मोटरसाइकल र निकोशेराबाट पुरानो थिमितर्फ जाँदैं गरेको प्रदेश ३–०१३–०१–०२३ च. ४२९३ नं. को महिन्द्रा म्याक्सिमो गाडी ठक्कर खाई दुर्घटना भएको थियो । सो घटनामा फसिकवाका साथै मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका ७ गोल्मढी बस्ने ३२ वर्षिय सुनिल ग्वाछा घाईते भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
घाईते दुवै जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा फसीकवाको मृत्यु भएको प्रनाउ पाण्डेले बताउनुभयो । घाईते ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न सवारी साधन र गाडी चालक सिन्धुलीको फिक्कल गाउँपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २७ वर्षिय दाताराम पहाडीलाई नियन्त्रणमा लिई थप कारवाही भइरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।