मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

भक्तपुर, मंसिर ११
काठमाण्डौं उपत्यकाका विभिन्न स्थानको पार्किङ स्थलबाट श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने एक जनालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका ४ घर भई हाल ललितपुर इमाडोल २८ वर्षिय भुपेन्द्र बहादुर बुढामगर छन । उनलाई प्रहरीले भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको पार्किङ स्थलबाट चोरी भएको यामाहा एफजेड मोटरसाइकलसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरेको हो ।


उनलाई पक्राउपछि थप अनुसन्धान गर्ने क्रममा विभिन्न मितिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ स्थलबाट रोयल इन्फिल कम्पनीको ३५० सिसीको क्लासिक, बजाज कम्पनीको २२० र १५० सिसीको पल्सर दुई थानसहित ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
पक्राउ परेका बुढामगरलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौसाला पठाएको एसपी कोइरालाले जानकारी दिनुभयो ।