भक्तपुर क्षेत्र नं. २, थापा र बस्नेतबीच मतान्तर ७७७

भक्तपुर, मंसिर ७
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभाको निर्वाचन परिणाम रोचक बन्दै गएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा र नेकपा एमालेका महेश बस्नेतबीच कडा प्रतिष्पर्धा देखिएसँगै मत परिणाम रोचक बन्दै गएको हो ।
प्राप्त पछिल्लो परिणाम अनुसार थापा र बस्नेतबीच ७७७ मतान्तर भएको छ । थापाको मत २३ हजार ५० पुगेको छ भने बस्नेतले २२ हजार २७३ मत भएको छ ।
यसैगरी नेमकिपाका अनुराधा थापामगर ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८२८ र राप्रपाका मोहन केसी २ हजार ४५६ मत प्राप्त गरेको छ । भक्तपुर २ मा ६२ हजार २०४ मत गणना भइसकेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । बदर मत संख्या एक हजार ९९६ पुगेको छ ।