भक्तपुर क्षेत्र नं. २, अग्रता बढाउँदैं थापा

भक्तपुर, मंसिर ७
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाएको छ । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार थापाले २२ हजार ६९४ मत प्राप्त गरेको छ ।
उहाँका निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतले २२ हजार ६ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो । थापा र बस्नेतबीचको मतान्तर ६८८ रहेको छ ।
यसैगरी नेमकिपाका अनुराधा थापामगर ६ हजार १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ७९२ र राप्रपाका मोहन केसी २ हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पराजुलीले बताउनुभयो ।