भक्तपुर २ मा थापा अघिअघि बस्नेत पछिपछि

भक्तपुर, मंसिर ६
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता कायम राख्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अहिले साँझ ९ बजे सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार थापाले १८ हजार २६१ मत प्राप्त गर्नुभएको छ ।
उहाँ निकतम प्रतिष्पर्धी नेकपा एमालेका महेश बस्नेतको १७ हजार ४२३ मत रहेको छ । थापा बस्नेत भन्दा ८५८ मतले अघि रहेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।
त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ४४६८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३०९१ मतका साथ चौंथो र राप्रपाका मोहन केसी १८४६ मतका साथ पाँचौं स्थानमा छन ।
भक्तपुर २ मा ६५ हजार ९१९ मत खसेको थियो । यहाँ ४८ हजार १६० मत गणना भएको छ । भक्तपुर २ मा हालसम्म एक हजार ५३७ मत बदर भएको पराजुलीले बताउनुभयो ।