भक्तपुर क्षेत्र नं. २ मा दुर्लभ थापा ७४१ मतले अघि, १० हजार १२९ मत गन्न बाँकी

भक्तपुर, मंसिर ७
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले हार जित हुने देखिएको छ । यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेकोमा बिहान ४ बजेर ४५ मिनेटसम्म ५५ हजार ७९० मत गणना भएको छ ।
सार्वजनिक पछिल्लो मत परिणाम अनसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले नेकपा एमालेका महेश बस्नेतलाई ७४१ मतले पछि पार्नुभएको छ । थापाले २० हजार ८५२ र बस्नेतले २० हजार १०९ प्राप्त गर्नुभएको छ । यहाँ १० हजार १२९ मत गन्न बाँकी रहेको छ ।
त्यसैगरी नेमकिपाका अनुराधा थापामगर ५ हजार ६१३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ४८९ र राप्रपाका मोहन केसी २ हजार १०२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताउनुभयो ।