भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा राजेन्द्रमान अघिअघि चन्दन पछिपछि

भक्तपुर, मंसिर ६
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले अग्रता कायम राख्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमानले ४६८७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ४६०२ मतका साथ राजेन्द्रमानलाई पछ्याइरहनु भएको छ । यस्तै नेमकिपाका रमेश वैद्यले ३९५९, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले २१४९, राप्रपा नेपालका श्रीकृष्ण नेपालले १८५ मत प्राप्त गरेका छन ।
यस क्षेत्रमा अहिले साँझ ८ बजेसम्म १६ हजार ६१६ मत गणना भएको छ भने ४९२ मत बदर भएको छ ।