भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा राजेन्द्रमानको अग्रता

भक्तपुर, मंसिर ६
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा नेमकिपाका रमेश वैद्यलाई उचिन्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले अग्रता लिनुभएको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमानले ३१०३ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले २९७९ मतका साथ पछ्याइरहनु भएको छ । नेमकिपाका वैद्यले २५३५ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ र
यसैगरी राप्रपाका पञ्चकृष्ण श्रेष्ठ ले १३५७, राप्रपा नेपालका श्रीकृष्ण नेपाल १२७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा हालसम्म १० हजार ६९८ मत गणना भएको छ भने २९९ मत बदर भएको छ ।