भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा एमालेका किरणको अग्रता कायम

भक्तपुर, मंसिर ४
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ सूर्यविनायकमा नेकपा एमालेका किरण थापामगरले अग्रता बनाउनुभएको छ । उहाँले ३३६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विष्णुराज कार्कीले २७९५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी राप्रपाका विक्रम थापाले ९४७, नेमकिपाका सरोजराज गोसाईंले ६८० मत प्राप्त गर्नुभएको छ ।