मदिरा बिक्रि वितरण गर्न नपाईने

भक्तपुर, कार्तिक ३०
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेदेखी मदिरा बिक्रि वितरणमा रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले एक सूचना जारी गर्दै मंसिर १ गते राती १२ बजेदेखी मंसिर ४ गते मतदान सम्पन्न नभएसम्म तथा मतणना स्थल वरिपरी मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको जानकारी दिनुभएको हो । सूचनाको परिपालना नभएर कानुन बमोजिम कारवाही गरिने सहायक प्रजिअ शर्माले बताउनुभयो ।