निर्वाचनको दिन बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म सवारी चलाउन नपाईने

भक्तपुर, कार्तिक ३०
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन भक्तपुरमा बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै किसिमका सवारी साधन सञ्चालन गर्न नपाईने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आज (बुधवार) एक सूचना जारी गर्दै निर्वाचनको दिन बिहान ४ बजेदेखी मतदान सम्पन्न भए पश्चात साँझ ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी दिनुभयो । उहाँले सूचनाको परिपालनन नगरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो ।