आगलागीले सुस्त मनस्थितिकी किशोरीको मृत्यु

भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमी नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलमा आज (बुधवार) विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४९ वर्षिय आत्माराम के.सी र ४१ वर्षिय हरिशरण के.सी को तीन तल्ले कच्ची घरमा आगलागी हुँदा सुस्त मनस्थिति भएकी प्यारालाईसिस रोगले ग्रस्त आत्मारामको २५ वर्षिय छोरी अस्मिता के.सीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
आगलागीले घाईते भएका हरिशरण के.सीको १४ वर्षिय छोरी नित्मा के.सीलाई उपचारका लागि कोरिया मैत्री अस्पताल लगिएकोमा डिस्चार्ज भैइसकेको पाण्डेले बताउनुभयो ।
बिहान ७ः४६ बजे अचानक लागेको आगो स्थानीय बासिन्दा, जनप्रतीनिधी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तपुरको २ वटा दमकलको सहायतामा करिव एक घण्टापछि नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।