ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर कार्तिक २९
भक्तपुरको कालोपाटी जयनेपाल चोक नजिक सोमवार साँझ पानी बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
सल्लाघारी नगरकोट मोडबाट व्यासीतर्फ आउँदैं गरेको बा ४ ख ४२६८ नम्बरको पानी बोक्ने ट्यांकरसँग व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश – ०२ –०३१ प ७८६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्ने २६ वर्षिय साजन द्धारेको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक साजन र सोही मोटरसाइकलमा सवार झापा बिर्तामोड नगरपालिका २ घर भई मध्यपुर थिमि ३ बस्ने २३ वर्षिय अनिल साहलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा साजनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । घाईते साहको उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्यांकर चालक भक्तपुर व्यासी बस्ने २८ वर्षिय प्रविण सुवाललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको जनाएको छ ।