नेपालका लागि पाकिस्तानका नयाँ राजदुतमा हासमी नियुक्त

भक्तपुर, कार्तिक २०
नेपालका लागि पाकिस्तानको नयाँ राजदुतमा अबरर हासमी नियुक्त हुनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहेवाज शरिफले विदेश मन्त्री बेलवाल भुट्टोको सिफारिसमा हासमीलाई नयाँ राजदुतमा नियुक्त गरेको नेपालका लागि पाकिस्तानी दुतावासका अधिकारीले जनाएको हो ।
हासमीले यसअघि संयुक्त अधिराज्य अमेरिकाको हस्टनमा काउन्सुल जनरलको रुपमा काम गरिसक्नु भएको दुतावासका अधिकारीले बताए ।